प्रहरीको सेवानिवृत्त जीवनलाई रचनात्मक बनाइने



हेटौंडा । नेपाल प्रहरीका सदस्य सेवानिवृत्त भएपछि बिभिन्न किसिमका मानसिक समस्या देखिने भएकाले उनीहरुको सेवानिवृत्त जीवनलाई रचनात्मक बनाउन सिप प्रदान गर्न आवश्यक प्रवन्ध मिलाइने भएको छ ।

६७ औं प्रहरी दिवसको अवसरमा वागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत् प्रहरी महिला, प्रहरी कार्यालय सहयोगी तथा पूर्वप्रहरी कर्मचारीसँगको अन्तत्र्रिmयामा यस्तो विश्वास दिलाउनु भएको हो ।

नेपाल पूर्वप्रहरी संगठन प्रदेश कार्यसमिति तथा नेपाल पूर्वप्रहरी संगठन मकवानपुरका पदाधिकारीसँगको अन्तत्र्रिmयामा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले पूर्वप्रहरी कर्मचारी नेपाल प्रहरीको सूचनाको स्रोत र नेपाल प्रहरीको गरिमामय इतिहासको प्रमुख हकदार भएकाले निरन्तर समन्वय गरिरहने बताउनुभयो ।

महिला प्रहरी र प्रहरी कार्यालय सहयोगीसँगको अन्तत्र्रिmयामा सहभागी प्रहरी कर्मचारीले कार्यक्षेत्रमा कार्यसम्पादनका क्रममा आइपरेका कठिनाइ तथा आफ्ना व्यक्तिगत् समस्या तथा पीर मर्काबारे प्रदेश प्रहरी प्रमुखसमक्ष आफ्ना गुनासो गर्नुभएको थियो ।

अन्तत्र्रिmयामा भौतिकरुपमा सहभागी हुन नसकेका प्रहरीको गुनासो प्रदेश प्रहरी प्रमुख बज्राचार्यले टेलिफोन माध्यमबाट लिनुभएको थियो । मनासिव समस्याको तत्काल समाधान गर्न प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले निर्देशन दिनुभएको थियो ।

न्तत्र्रिmयामा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले प्रहरी संगठन सबैको सामूहिक प्रयासले मात्र अघि बढ्नसक्ने संस्था भएकाले संगठनका सबै सदस्य आफ्नो कर्तव्यप्रति लगनशील र इमान्दार हुनुपर्ने बताउनुभयो । कानुनले महिलाको पक्राउ तथा खानतलासी गर्न अनिवार्य महिला प्रहरी कर्मचारीको व्यवस्था गरेकाले महिला प्रहरी कर्मचारीले संगठनका आवश्यकता हौं भन्ने बुझ्नुपर्ने बताउनुभयो ।

प्रहरी कार्यालय सहयोगी संगठनको जग भएकाले जग बलियो भएमात्र संगठन बलियो हुने उहाँको भनाइ थियो । कार्यालयको कामका अलावा आफ्नो फुर्सदको समयलाई प्रहरी कर्मचारीले रचनात्मक कार्य गरेर बिताउनुपर्ने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यको धारणा छ ।

यस वर्षको प्रहरी दिवसमा ज्येष्ठ पूर्वप्रहरी कर्मचारीलाई सम्मान गरिने उहाँले बताउनुभयो । प्रदेश प्रहरी कार्यालयमा आयोजित अन्तत्र्रिmयाको सहजीकरण प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले गर्नुभएको थियो । असोज ३१ गते नेपाल प्रहरीले प्रहरी ऐन, २०१२ जारी भइ नेपाल प्रहरीको विधिवत् स्थापनाको ६७ वर्ष पुगेको अवसरमा बिभिन्न कार्यक्रम गरी ६७ औं प्रहरी दिवस मनाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्