प्रहरी कार्यक्रममा ९० जनाले गरे रक्तदान



काभ्रे । ६७ औ प्रहरी दिवस २०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले धुलिखेलको सरस्वती बजारमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी प्रमुख एसपी चक्रराज जोशी तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रहरी प्रवक्ता डिएस्पी ढुण्डीराज न्यौपानेका अनुसार रक्तदान कार्यक्रममा प्रहरी, म्यादी प्रहरी, संचारकर्मी तथा विभिन्न क्षेत्रका ९० ब्यक्तिहरुले रक्तदान गरेका थिए ।

प्रहरी प्रमुख एसपी चक्रराज जोशीले आगामी असोज ३१ गते हुने प्रहरी दिवसको अवसरका लागि प्रहरी कर्मचारी बीच टेबुल टेनिस र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।

सोहि प्रतियोगितामा सहभागि भई विजयी हुनेहरुलाई नगद पुरस्कार वितरण हुनेछ । प्रहरीले प्रहरी दिवसका अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगतका विविध कार्यक्रमहरु आयोजना गरिरहेको छ । आत्महत्या न्यूनिकरण, ट्राफिक सचेतना, अन्य अपराध न्यूनिकरण लगायतका विषयमा अभिमुखिकरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्