झापामा १५ जना उम्मेदवारले मनोनयन फिर्ता लिए



भद्रपुर । झापामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य गरि १५ जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।

फिर्ता लिनेमा प्रतिनिधिसभा तर्फ ७ जना र प्रदेशसभा तर्फ ८ जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

झापा क्षेत्र नं. १, २ र ४ बाट क्रमश राप्रपा नेपालका सन्तराज कार्की, कमल खरेल र विजय प्रसाद राजवंशीले प्रतिनिधिसभा सदस्य तर्फको मनोनयन फिर्ता लिएका छन् ।

त्यसैगरि स्वतन्त्रबाट क्षेत्र नंंं. २, र ४ बाट क्रमश अर्पण बस्नेत, ख्याम नेपाल छन् भने ५ बाट विष्णु प्रसाद सिग्देल र सुलोचना राजवंशीले मनोनयन फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेशसभा सदस्य तर्फ मनोनयन फिर्ता लिने स्वतन्त्र सदस्यहरु क्षेत्र नं.१ को (ख) बाट गिताप्रसाद अधिकारी र राजन चिमरिया, ४ को (ख) बाट भरत कुमार श्रेष्ठ, ५ को (क) बाट ईन्द्रबहादुर न्यौपाने र ५ को (ख) बाट दिपेन्द्र तिवारी, वेदनिधी गौतम र राजन चापागाई रहेका छन् ।

त्यसैगरि ५ को (ख) बाट राप्रपा नेपालका वासुदेव भट्टराईले मनोनयन फिर्ता लिएको प्रमुख नेपालले जनाउँनुभयो । अब झापाका ५ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि र प्रदेशसभामा १५ पदका लागि १९२ जनाको उम्मेदवारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्