बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । आज (बुधबार) उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा टोखा नगरपालिका–११ गोंगबु भण्डारी टोल बस्ने ३४ वर्षीय रोशन भण्डारी रहेको प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटनले गत असार १३ गते फरार प्रतिवादी भण्डारीको फैसला सुनाएको थियो । उक्त फैसला अनुसार बैंकिङ कसूर मुद्दामा ४ दिन कैद, ५ लाख ५० हजार रुपियाँ जरिवाना र २२ हजार रुपियाँ क्षतिपूर्ति भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भण्डारीलाई पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्