धादिङमा एमाले र राप्रपाबीच तालमेल



धादिङ । धादिङ जिल्लामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राप्रपाबीच तालमेल हुने भएको छ । आगामी निर्वाचनका लागि एमाले र राप्रपाबीच चुनावी तालमेल हुने भएको हो ।

धादिङबेसीस्थित निर्वाचन अधिकृतको कार्यालयमामा राप्रपाका प्रतिनिधिसभा उम्मेदवार परशुराम तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ भने धादिङ २ (क) का नारायणप्रसाद पोखरेलले प्रदेशसभा उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिनुभएको छ ।

एमालेका धादिङ २ (ख) का उम्मेदवार धनबहादुर घलेको उम्मेदवारी एमाले केन्द्रीय कार्यालयबाट फिर्ता लिएपछि तालमेल सम्भव भएको हो ।

अब प्रतिनिधिसभाका लागि धादिङ क्षेत्र नम्बर २ मा खेम लोहनी, धादिङ २ (क) मा डा रामकुमार अधिकारीलाई राप्रपाले सहयोग गर्ने छ भने धादिङ २ ख मा राप्रपाका डम्बर बहादुर तामाङलाई एमालेले सहयोग गर्ने एमालेका उपसचिव राधिका सापकोटाले बताउनुभयो ।

यसैगरि राप्रपपाले धादिङ क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार अजय रिमालको उम्मेदवारी राप्रपा केन्द्रीय कार्यालयको पत्रले फिर्ता भएपछि राप्रपाले एमाले उम्मेदवार भूमि त्रिपाठीलाई सहयोग गर्ने भएको छ । धादिङ क्षेत्र नम्बर १ को (क) र (ख) प्रदेशमा समेत राप्रपाले एमाले उम्मेदवारलाई सहयोग गर्ने छ ।

यसैगरि बुधबार निर्वाचन अधिकृतको कार्यालयमा धादिङ क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका नेपाली काँग्रेसका पूर्व सभापति रमेश धमलाले उम्मेदवारी फिर्ता गर्नुभएको छ ।

गठबन्धनको उम्मेदवार विरुद्ध उम्मेदवारी दर्ता गराउनुभएका धादिङ २ (ख) का देवी बुलर्ताकोटीले भने उम्मेदवारी फिर्ता गर्नु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्