तेश्रो लिस्तीकोट-दुगुनागढी माउण्टेन ट्रेल रेस हुने



काठमाडौं । नेपाली सेनाले तेस्रो लिस्तीकोट–दुगुनागढी ट्रेल रेस सञ्चालन गर्ने भएको छ । नेपाल–तिब्बत लडाइको बेला प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिष्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेनाले उक्त रेस सञ्चालन गर्ने भएको हो ।

आज (बुधबार) सेनाले सूचना जारी गर्दै तेस्रो लिस्तीकोट–दुगुनागढी ट्रेल रेस सञ्चालन गर्ने बताएको छ । इतिहास तथा दुगुनागढी र लिस्तिकोटको ऐतिहासिक एवं धार्मिक महत्वलाई उजागर गर्ने उद्देश्यले आगामी कार्तिक १७ गते यो रेस सञ्चालन गर्ने सेनाले जानकारी दिएको छ ।

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–३ स्थित ड्राई पोर्टबाट नयाँ पुल हुँदै दुगुनागढीसम्म २४.५ किलोमिटर राष्ट्रव्यापी तेश्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेल रेस–२०७९ प्रतियोगिता सञ्चालन हुने भएको छ ।

उक्त जिल्लाकै गौरबको रुपमा रहेको दुगुनागढीको ऐतिहासिक महत्व, लिस्तीकोटको धार्मिक तथा ऐतिहासिक महत्व उजागर गरी उक्त स्थानहरुलाई पर्यटकीय स्थलको रूपमा विकास गर्नुका साथै सैनिक नागरिकसम्बन्ध विस्तारको उद्देश्यसहित सेनाको पहलमा भोटेकोशी गाउँपालिकाको आयोजनामा उक्त दौड प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

दौडसँग सम्बन्धित रुटको स्केच परिशिष्ट :

प्रतिक्रिया दिनुहोस्