बाढी र पहिरोमा परी १७ को मृत्यु



काठमाडौं । 

पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु भएको छ भने १७ जना नै बेपत्ता भएका छन् ।

बाढी र पहिरोमा परी १५ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार कालिकोट, मुगु, हुम्ला र बाजुरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । बाढी र पहिरोमा परी बाजुरामा १, हुम्लामा ४, मुगुमा ८, कालिकोटमा ३ र जुम्लामा १ को मृत्यु भएको छ । बाढी र पहिरोमा परी कालिकोटमा १७ जना बेपत्ता भएका छन् । बाढी र पहिरोले बितेको चौबिस घण्टामा ७३ लाख रुपियाँभन्दा बढीको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्