अलपत्र अवस्थामा चिस्यान केन्द्र



रामेछाप ।

रामेछापको मन्थलीमा निमार्ण भएको चिस्यान केन्द्र अलपत्र अवस्थामा छ । बागमति प्रदेश सरकारको ५ करोड र मन्थली नगरपालीकाको २ करोड लागतमा निमार्ण भएको चिस्यान केन्द्र सन्चालनमा नआउदा कृषक निरास भएका छन् ।

जिल्लामा उत्पादित कृषि उपजलाई संचित गरी बेसिजनमा बजारसम्म पुर्याउने उद्देश्यले चिस्यान केन्द्र निर्माण भए पनि हाल सम्म पनि निमार्ण कार्य सम्पन्न भएको छैन । निमार्णको जिम्मा लिएको निमार्ण कम्पनिले २०७८ असार मसान्त अघि नै कार्य सम्पन्न गर्नु पर्ने सम्झौता भएको थियो ।रामेछापमा जुनार सुन्तला लगायतका अमिलो जातका फलफूल तथा आलु लगायतका तरकारी ठूलो परिमाणमा उत्पादन हुने गर्दछ । चिस्यान केन्द्र नहुँदा किसानको कतिपय उत्पादन समयमा बिक्री नहुँदा त्यतिकै नाश हुने गरेको छ ।

चिस्यान केन्द्र बने पछि समय अनुकुल तरकारी बिक्रि गर्न सकिने कृषकको बिश्वास थियो । चिस्यान केन्द्र निमार्ण सुरु भए यता आफुहरुले उत्पादनमा समेत बृद्धि गरेको स्थानिय कृषक मिन बहादुर खड्काले बताउनुभयो । समयमै चिस्यान केन्द्र नबन्दा आफुहरुले उत्पादन गरेको आलु, काउली, टमाटर सधै कुहिएर जाने गरेको कृषकको गुनासो छ ।

घर नजिकै चिस्यान केन्द्र बन्छ भन्दा जति खुसि लागेको थियो । चिस्यान केन्द्र अलपत्र अवस्थामा पुग्दा त्यो भन्दा बढि दुःख लागेको अर्का कृषक पार्वति सुबेदी बताउनु हुन्छ । घर नजिक चिस्यान केन्द्र हुदाँ पनि हाम्रा उत्पादन कुहिने सारै नराम्रो लाग्ने सुवेदीको गुनासो थियो । बागमती प्रदेश सरकारले निर्माण सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गर्न ढिलाई गर्दा चिस्यान केन्द्र अलपत्र आवस्थामा पुगेको मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले बताउनुभयो ।

चिस्यान केन्द्र निर्माणका लागि टेण्डर आह्वानदेखि निर्माण सम्म प्रदेश सरकारले नै गरेको छ । मन्थली नगरपालिकाले बाँकी काम सम्पन्न गरी छिटो भन्दा छिटो हस्तान्तरण गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ महाशाखा प्रमुख बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्