सिन्धुपाल्चोकमा ६ पदका लागि ६१ जनाले दिए उम्मेदवारी

0
Shares

सिन्धुपाल्चोक । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकको प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार लागि ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामा २८ र प्रदेशसभामा ३३ जनाले उम्मेदवारी दिएका छन् ।

विभिन्न दल र स्वतन्त्रसमेत गरी प्रतिनिधिसभा क्षेत्र नं १ मा १४ र प्रतिनिधिसभा क्षेत्र नं २ मा १४ जनाको उम्मेदवारी दर्ता भएको हो । तीमध्ये प्रतिनिधिसभा क्षेत्र नं १ मा तीन र प्रतिनिधिसभा क्षेत्र नं २ मा तीन गरी छ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । प्रदेशसभातर्फ भने ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले बताउनुभयो ।

प्रदेशसभा–१ (क)मा नौ, प्रदेशसभा–१ (ख) मा छ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये प्रदेशसभा (ख) मा एक जनाले स्वतन्त्र उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय चौताराका सूचना अधिकारी राजकुमार चौधरीले जानकारी दिनुभयो । प्रदेशसभा–२ (क) मा नौ र (ख) मा नौ जनाको उम्मेदवारी परेको हो । तीमध्ये (क)मा दुई र (ख) एक गरी तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका उहाँले जानकारी दिनुभयो ।