धादिङ । धादिङको क्षेत्र नम्बर २ मा गठबन्धनबाट प्रतिनिधि सभामा एक सिट पाएको नेपाली कांग्रेसले विद्रोही उम्मेदवारको समाना गर्नुपर्ने भएको छ । कांग्रेस सभापति रामनाथ अधिकारीले गठबन्धनको टिकट पाएपछि आफूले पाउनुपर्ने टिकट पार्टी सभापति भइसकेका व्यक्तिलाई दिएको भन्दै कांग्रेसका पूर्व सभापति रमेश धमलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन दर्ताको अन्तिम समयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनु भएको थियो । धमला पर्यटन व्यवसायि र २०७४ को प्रदेशसभामा कांग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । यहाँ कांग्रेस (विपि)को तर्फबाट कांग्रेसका परिचित नेता शंकर दर्जीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

कांग्रेसबाट विद्रोह गरि प्रतिनिधि सभा २ (ख)मा देवीकुमारी पाण्डे बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभयो । उहाँ २०७४ को स्थानीय निर्वाचनमा त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष हुनुहुन्थ्यो । यस क्षेत्रमा नेकपा (माओवादी केन्द्र)का जगत सिंखडाले
गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् भने एमालेका धनबहादुर घले उम्मेदवार छन् । पूर्व माओवादी केन्द्रको स्थापित नेताका रुपमा रहनुभएका उत्तम कँडेलले धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।

मूख्यमन्त्री राजेन्द्र पाण्डेका बागी उम्मेदवारको रूपमा हेरिएको उम्मेदवारीपछि आफूले विकास पर्यावरण संरक्षणमा काम गर्ने बताउनु भएको छ । हाल कँडेल स्वतन्त्र रुपले पर्यावरण संरक्षणमा क्रियाशिल हुनुहुन्छ ।
यसैगरि नेकपा एमाले १ (क)मा नेकपा (एमाले) प्रदेश कमिटि सदस्य नेत्रराज पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभयो । एमालेका पुराना कार्यकर्ताहरु समेत गल्छीमारहेको निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनु भएको हो ।
एमालेले टिकट दिनका लागि सिफारिस गरेको अन्तिम समयमा आएर आफूमाथी अन्तरघात गरेको भन्दै बागी उम्मेदवार दर्ता गराएको बताउनुभयो । एमालेका तर्फबाट यस क्षेत्रमा रमेश आचार्यले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

आगामी मंसिर ४ गतेहुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि आइतबार ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एमाले र कांग्रेसले जुलुससहित उम्मेदवारी दर्ता गराएका छन् भने माओवादी केन्द्रले प्रदेशसभामा गराएको उम्मेदवारी जुलुससहित गरेको छ ।
धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा वर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डे, एमालेका जिल्ला अध्यक्ष भूमि त्रिपाठी, पुराना बामपन्थी नेता उत्तम कँडेल, कमेडियन हिमेश पन्तसहित १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
धादिङ १ को प्रदेश सभाका लागि (क) मा १५ जना, (ख) मा ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कृष्ण कार्कीले बताउनु भयो ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेका केन्द्रीय सदस्य खेम लोहनी, कांग्रेसका सभापति रामनाथ अधिकारी, कांग्रेस विपिका शंकर दर्जी, कांग्रेसका पूर्व सभापति रमेश धमला लगायत १७ जनाले उम्मेदवारी दर्ता गराउनु भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयका खुम भण्डारीले बताउनुभयो ।
प्रदेशसभा तर्फ (क) मा ६ जना र (ख) मा ११ जनालेउम्मेदवारी दर्ता गराउनुभएको छ ।











प्रतिक्रिया