काठमाडौं ८ मा एमालेका नेता शिवराज वैद्यको उम्मेदवारी



काठमाडौं । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मनोनयन दर्ता शुरु भएको छ । आज (आइतबार) विहान १० बजेदेखि मनोनयन दर्ता शुरु भएको हो ।

मनोनयन दर्ता सुरु भएसँगै देशका सबै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका नेताहरुले उम्मेदवार दर्ता गर्नेछन् ।

मनोनयन दर्ता प्रक्रियाकै क्रममा काठमाडौं क्षेत्र नम्बर-८ मा नेकपा (एमाले)ले नेता शिवराज वैद्यलाई उम्मेदवारी बनाउने भएको छ ।

यस क्षेत्रमा एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई उम्मेदवारी बनाउने बताए पनि अन्ततः शाक्य स्वयंले नमानेपछि वैद्यलाई उम्मेदवारी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्