पहिरोले सुदूरपश्चिमका दुई राजमार्ग अवरुद्ध



धनगढी । सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । डडेल्धुरामा पहिरो गएर भीमदत्त राजमार्ग र केआईसिंह राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

भीमदत्त राजमार्गको साहुखर्क र केआईसिंह राजमार्गको रडुवामा पहिरो गएको हो । पहिरोका कारण यातायात सेवा बन्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ । यस्तै गन्तव्यमा हिँडेका यात्रु बाटोमै अलपत्र बनेका छन् ।

लगातारको वर्षाका कारण सुदूरपहाडका राजमार्ग तथा ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । प्रदेशका पहाडी जिल्लाहरुमा वर्षाका कारण टेलिफोन र विद्युत सेवासमेत अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्