दुर्घटनामा परी एक जनाको मृत्यु



धादिङ । धादिङको पृथ्वीराजमार्ग अन्तर्गत गल्छी गाउँपालिका-६ सुत्केरी ढुंगा नजिकै दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा १८ च ४९३५ नम्बरको कारले पैदल यात्रुलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गल्छी गाउँपालिका-६ कि ५१ वर्षीया दिनामाया आचार्यको भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताउनुभयो ।

दुर्घटना गराउने सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्