निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगले सम्पन्न गर्नुपर्छ : मुख्य निर्वाचजन अधिकृत पौडेल



बाजुर । स्वच्छ, निष्पक्ष त भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु निर्वाचन आयोगको सैद्धान्तिक सर्वव्यापी मान्यता हो । तर बाजुरामा २०४८ को आम निर्वाचन यता दलहरुले यो वा त्यो बहानामा मतदानमा धाँधली गर्दा सम्पन्न भएका निर्वाचनले सर्वसाधारणलाई सधैं पीडा दिएर गएको इतिहास छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन निष्पक्ष रुपमा सम्पन्न होला र ! यतिबेला आम बाजुराली मतदाताको चाँसो र चिन्ताको विषय बनेको छ । त्यसमा पनि मरेका र प्रदेशमा रहेका मतदाताको नाममा पनि बाजुरामा मतदान गरिन्छ भनेर दलकै कार्यकर्ताबाट सुन्दा जो कोहीलाई आश्चार्य कै कुरा हो ।

शनिबार दिउँसो आयोजित एक सर्बदलीय सर्वपक्षीय बैठकमा जिल्लास्थित दलका नेता कार्यकर्ताले यस्ता कुरा सुनाउँदा जिल्ला न्यायाधीश एबं मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले भन्नुभयो “हाम्रो नेपालमा मरेका मान्छे र विदेश रहेका मान्छेको पनि मतदान गरिन्छ भन्ने कल्पना पनि नगरेको बताउनु भएको छ ।”

आगामी मंशिर ४ गते हुने संघ तथा प्रदेश सभाको निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलिरहित बनाउने दल तथा नागरिक समाजको उपस्थितिमा शनिबार दिउँसो सदरमुकाम मार्तडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वपक्षिय सर्वदलीय बैठमा उक्त आश्चार्य पर्कट गर्नु भएको हो ।

तपाईंहरुले भन्नुभयो यस्तो कुरा मेरो मनस्पिटलमै थिएन । मरेको मान्छेको भोट अर्को मान्छेले हाल्छ भन्ने त कल्पना पनि गर्न सकिन्नँ । अहिले त डिजिटल फोटो सहितको मतदाता नामावली छ । औँठा छाप हुन्छ । बाजुरामा यस्तो कुरा सन्दा म अचमित भएं ।

यस्ता गैरकानुनी कुरामा राजनीतिक दलका प्रतिनीधि, आम मतदाता, निर्वाचन अधिकृत तथा कर्मचारी सुरक्षा निकाय नागरिक समाज सबैले म गल्ती गर्दैन निर्बाचन आचारसंहिता पूर्ण पालाना गर्छु भन्ने स्वघोषणा गरौं, दोषी भए सबै दोषी हुने प्रण गर्रौँ । यसपालिको निर्वाचन नमुना निर्वाचनको सन्देश बाजुराबाट दिऔं ।

अति भए भोटिङ्ग मेसिन (इ.भि.एम.)को प्रयोग गर्न सिफारिस गरौं । मुख्य निर्वाचन अधिकृत पोडेलले सबैलाई आग्रह गर्नुभयो । निर्वाचनमा बाजुरा नमुना जिल्ला बनाउँनमा धाँधली हैन, संस्कारको राजनीति शुरुवात गरौं । उहाँको भनाइ थियो ।

निर्वाचन आयोगले निर्वाचन गराउनु पर्नेमा राज्यसत्ताले निर्वाचन गराउँदा बाजुरामा धाँधली हुन्छ भन्ने यस्तो दुष्परिणाम आएको आरोप नेकपा (एमाले)का जिल्ला कमिटी सचिव भरत थापाले लगाउनुभयो ।

बाजुरा प्रायः पुनः निर्वाचन हुने जिल्ला हो । धांधली हुने जिल्ला हो । मरेका र प्रदेश गएका मान्छेको पनि बाजुरामा मत हालिन्छ । यसले गर्दा नेपालमै बदनामित जिल्ला भएको छ । बाजुराका ६९ वडामा १५ वटा वडाका मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउँदैनन् ।अब हामी बदानमित जिल्लाका हैन निष्पक्ष निर्वाचनका हिमायती बनौं सबैले दृढ संकल्पन गर्रौँ, नेपाली कांग्रेसका प्रदेश “ख” सचिव शुरेन्द्र बहादुर सिंहले भन्नुभयो ।

त्यसैगरी बाजुरामा साना दल भन्दा पनि ठूला दलबाट निर्वाचन आचारसंहिता उलंघन भएको नेकपा (माओवादी केन्द्र)निकट अखिल महिला प्रदेश कोषाध्यक्ष कमल शाहको आरोप छ ।

शनिबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय सबै पक्षीय बैठकमा आगामी मंसिर ४ को निर्वाचनालाई निष्पक्ष धाँधलीरहित सम्पन्न गर्न निर्वाचन आयोगको नीति नियम पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धतासहित निर्णय भएको निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी गराउनुभयो ।

बैठकमा आइतबार अर्थात् असोज २३ गते हुने प्रतिनीधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०६९ पहिलो हुने निर्वाचित हुने निर्वाचित प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता सम्बन्धि संक्षिप्त जानकारी गराएका छौं । त्यसैगरी निर्वाचन निर्देशिका २०७३ को दफा ५७ मा व्यवस्था भए अनुसारको निर्वाचन आचारसहिता बारे उपस्थित महानुभावलाई जानकारी गराएको जिल्ला निर्वाचन अधिकारी अवस्थीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्