खोलाले बगाउँदा एक बालकको ज्यान गयो



इलाम । खोलाले बगाउँदा इलाम नगरपालिकाका एक बाललको ज्यान गएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका-५ बिब्ल्याँटेका निगम राई रहेको प्रहरीले जनाएको छ ।

मामाको छोरासँग घाँस काट्न गएको बेला सुपरमाई पावर हाउस मुनि रहेको माइखोलामा माछा मार्ने क्रममा एक्कासी खोलाले बगाउँदा निगम बेपत्ता भएका थिए ।

उनी बेपत्ता बनाएको खबर पाउनसाथ स्थानीयबासी र प्रहरीको टोलीले खोला किनारमा निगमलाई मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रदीप सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्