उम्मेदवार छनोट गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं । आगामी मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।

हिजो (बिहीबार) बोलाइएको कार्यसम्पादन समितिको बैठक प्रभावित भएपछि आज (शुक्रबार) मध्यान्ह १२ गते पुनः बैठक बस्ने भएको हो ।

बैठकमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्ने विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले बताए ।

प्रतिक्रिया दिनुहोस्