विभिन्न स्थानमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते



काठमाडौं ।

देशका विभिन्न स्थानमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ललितपुरको बालकुमारीमा हिजो मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिदा चालक सहित २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मोटरसाइकल चालक ललितपुर खोकनाका २३ बर्षीय नबिन मर्हजन र पैदलयत्री रौतहट घर भएका ४५ बर्षीय बयाजु पटेल रहेका छन । घाइते दुबैको बि एण्ड बी.अस्पताल ग्वार्कोमा उपचार भइरहेको छ ।

घाइते मध्ये चालक महर्जनको अवस्था गम्भिर रहेको छ । हिजो साँझ सवा ७ बजे बा १९ प १८२२ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएर पल्टिएको प्रहरी प्रभाग बालकुमारीले जनाएको छ ।बाराको फेटा गाउँपालिका १ भलुही चोकमा गएराती म्याजीक भ्यानले मोटरसाइकललाई ठक्कर दिदाँ डिउटी जाँदै गरेका २ प्रहरी कर्मचारी गम्भीर घाइते भएका छन्

घाइते हुनेमा मोटरसाइकल चालक प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हबल्दार नन्दु साह कानु र मोटरसाइकलमा पछाडी सवार सोही कार्यालयमा कार्यरत प्रहरी कार्यालय सहयोगी असलोक प्रसाद यादब छन् । दुवै जनाको एन। एम। सी। अस्पताल बिरगन्जमा उपचार भइरहेको छ । बीरगन्जबाट कलैयातर्फ जाँदै गरेको ना १ ज ७७६० नम्बरको म्याजिक भ्यानले बिपरित दिशाबाट आउँदै गरेको ना १९ प २३९० नम्बरको मोटरसाइकललाई गएराती पौने ११ बजे ठक्कर दिएको थियो ।

म्याजिक भ्यान चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय प्रसौनी बाराले जनाएको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ मा हिजो बेलुका दुईओटा मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् ।

सखुवाबाट पर्सातर्फ जाँदै गरेको प्रदेश २–०२–००३ प ७४८७ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको भारतिय नम्बरको मोटरसाइकल हिजो बेलुका ७ बजे आपसमा ठोक्किएका थिए ।दुर्घटनामा गम्भीर घाइते भएका ७४८७ नम्बरको मोटरसाइकल चालक सर्लाहीको हरिपुर्वा नगरपालिका–४ का २५ वर्षीय रंजित राय यादबलाई उपचारका लागि बीरगन्ज लगिएको छ । भारतिय नम्बरको मोटरसाकइल सहित चालकलाई प्रहरी चौकी पर्साले नियन्त्रणमा लिएको छ ।

मोरङको सुन्दर हरैचा नगरपालिका–८ मा गएराती गुडिरहेको मोटरसाइकलबाट खसेर एक जना गम्भीर घाइते भएका छन् ।घाइते भएका मोरङकै सुन्दर हरैचा नगरपालिका–८ का २९ वर्षीय पंकज नायकको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भइरहेको छ ।

प्रदेश ३–०२–००१ प ४१७३ नम्बरको मोटरसाइकलमा पछाडी सवार उनी गएराती सवा १० बजे मोटरसाइकलबाट खसेका हुन् । मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय बिराटचोक मोरङले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्