निर्वाचन खर्चको विवरण सार्वजनिक गरिने



काठमाडौं  । 

राष्ट्रिय सूचना आयोगले आगामी मङ्सिरमा हुने निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम उम्मेदवारहरूले पेस गरेको निर्वाचन खर्चको विवरण सार्वजनिक गर्ने व्यवस्था गरिने जानकारी दिएको छ ।

आयोगले आइतबार पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरूले पेस गर्ने मनोनयनपत्र तथा संलग्न कागजातबारे सर्वसाधारण मतदाताले पनि जानकारी पाउने गरी सार्वजनिक गर्ने व्यवस्था गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा सूचना आयुक्त कमला वलीले संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुने व्यवस्था रहेको जिकिर गर्दै भन्नुभयो– ‘आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम् जानकारी पाउने वातावरण बनाउन आवश्यक्ताका आधारमा निर्वाचन आयोगमा सुझाव पठाउने निर्णय गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्