प्रधानमन्त्री देउवाद्वारा निर्वाचन आचारसंहितामा हस्ताक्षर



काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवासहितका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आइतबार निर्वाचन आचारसंहितामा हस्ताक्षर गरेका छन् ।

निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा भएको छलफल प्रधानमन्त्री देउवासहित नेताहरूले आचारसंहितामा हस्ताक्षर गरेका हुन् ।

छलफलमा गृहमन्त्री बालकृष्ण खाँण, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारी आयोगमा उपस्थित भएका थिए । आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्