राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति



काठमाडौं  । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।

राष्ट्रपति कार्यालयले स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रपति भण्डारीले ‘एकीकृत सुरक्षा कार्ययोजना, २०७९’ मा उल्लेख भएअनुसार नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको जनाएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– ‘मन्त्रिपरिषद्को मिति २०७९-०५-२२ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९-०५-२७ को पत्रका आधारमा २०७९ साल मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्