१९ किलो चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ



धनुषा । जिल्लाको नगराईन नगरपालिका–२ स्थित जटहीबाट करिव १९ लाख ६४ हजार रुपियाँ बराबरको चाँदीसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर बताउने ५० वर्षीय चन्द्रकान्त झा रहेको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका झालाई बिओपी जटहीले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको १९ केजी ४ सय १७ ग्राम चाँदीसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका झालाई बरामद चाँदीसहित आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा धनुषामा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्