अवैध विदेशी मुद्रासहित एक जना पक्राउ



काठमाडौं । अवैध विदेशी मुद्रासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (शनिबार) उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट दुबैका लागि उडान भर्न लागेको विमानका यात्रुलाई अवैध विदेशी मुद्रासहित पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अपराध अनुसन्धान शाखाले जनाएको छ ।

पक्राउ पर्नेमा थाइल्याण्डका ३८ वर्षीय नागरिक पंफोज सिन्सुवान रहेको बताइएको छ । उनको साथबाट अस्ट्रेलियन डलर ८५ हजार चार सय र अमेरिकी डलर १५ हजार सात सय रुपियाँसहित सिन्सुवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धानका एवं कानुनी कारबाहीका लागि आज (आइतबार) राजश्व अनुसन्धान विभाग हरिहर भवन पुलचोक ललितपुर पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अपराध अनुसन्धान शाखाका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जीसीले बताए ।

प्रतिक्रिया दिनुहोस्