लागूऔषधसहित ३ जना पक्राउ



काठमाडौं । काठमाडौं उपत्यकामा खैरो हेरोईन तथा नियन्त्रित लागूऔषधको अबैध कारोबारमा संलग्न फरार ६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध खैरो हेरोईन कारोबारमा संलग्न ५०.५ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई ंगत भदौ २१ गते दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ईलाम माईजोगमाई गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–१५ चौमती बस्ने २४ वर्षीय सुजन हेल्मु रहेको प्रहरीले जनाएको छ । उनलाई ललितपुर, महालक्ष्मी नगरपालिका–२ ईमाडोलबाट प्रहरीले पक्राउ गरेको हो ।

हेल्मु उपर थप अनुसन्धान गर्ने क्रममा निजको साथबाट बरामद भएको लागूऔषध खैरो हेरोईन बिक्री गर्ने ईलाम सन्दकपुर गाउँपालिका–३ घर भई हाल काठमाडौं नगरपालिका–१५ चौमतीस्थित डेरा गरी बस्ने २९ वर्षीय सञ्जीव राईलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत भदौ २१ गते साँझ ५ बजे डेराकोठाबाट राईलाई ४७ ग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रित लागूऔषध एम्पुल १२ हजार ७ सय ५८ एम्पुल, बोलेरो र भाडाको बससहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बा ५ च ७१३८ न. को बोलेरो र डेराबाट लागूऔषध एम्पुल ९ हजार ५ सय २० पिससहित १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गत भदौ २४ गते दिउँसो ३ बजे ललितपुर महानगरपालिका–५ थसीखेलस्थित सडक किनारबाट बा ५ च ७ हजार १ सय ३८ नम्वरको बोलेरो पिकअप भ्यान र उक्त बोलेरोमा लुकाई राखेको लागूऔषध बुप्रेनोर्फिन ३ सय ३४ एम्पुल प्रहरीले बरामद गरेको छ ।

त्यस्तै डाईजेपाम ३ सय ३३ एम्पुल र फेनारगन ३ सय ३३ एम्पुल बरामद गरी काभ्रेपलाञ्चोक मण्डनदेऊपुर नगरपालिका–५ घर भई ललितपुर महानगरपालिका–२५ चुनीखेलमा डेरा गरी वस्ने (ला.औ. एम्पुल भण्डार गर्नको लागि मात्र ललितपुर बागडोलमा कोठा लिएका) ३९ वर्षीय अर्जुन ढकाललाई प्रहरीले पक्राउ गरेका छन् ।

ढकालको डेरा कोठाबाट थप लागूऔषध बुप्रेनोर्फिन २८ हजार ४० एम्पुल, डाईजेपाम २८ हजार ४० एम्पुल र फेनारगन २८ हजार ४० एम्पुल र लागूऔषध एम्पुल लुकाउन प्रयोग गरेको टिनको ५ थान बट्टा पनि प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्