चारीको मोटरसाईकल सहित १ जना पक्राउ



काठमाडौं । चोरी भई हराएको मोटरसाईकल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ महानगरपालिका–२६ शिव मन्दिर नजिकैबाट शुक्रबार १ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका–३ घर भइ हाल काठमाण्डौंको टोखा बस्दै आएका १९ वर्षीय विजय तामाङ रहेको प्रहरीले जनाएको छ ।

वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२–०२८ प ७७ ८५ लाई परिवर्तन गरी बा ९० प ९० ९२ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त पल्सर मोटरसाईकल उदयपुरको त्रियुगा नगरपालिका–३ घर भई हाल काठमाण्डौं हात्तीगौँडा बस्दै आएका पहल कुमार मगरको रहेको अनुसन्धानबाट खुल्न आएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

गत भदौ १८ गते काठमाडौको हात्तीगौडाबाट हराएको भनि मगरले निवेदन दिएका थिए । उक्त मोटरसाइकल सहित पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्