करेन्ट लागेर मृत्यु



काठमाडौ. । धनकुटा नगरपालिका–६ पात्ले बस्ने ५७ वर्षीय राज बहादुर राईको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित उद्धव कटुवालको घरमा ढोका बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो ।

बाँके, खजुरा गाउँपालिका–२ बस्ने ५७ वर्षीय देवी प्रसाद भुषालको करेन्ट लागेर आज (शनिबार) बिहान मृत्यु भएको छ । आफ्नै घरमा अटो चार्जमा राख्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि नर्सिङ् होम नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्