पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु



मकवानपुर । पौढी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ । हिजो (शनिबार) दिउँसो हेटौंडा उपमहानगरपालिका–५ न्युरेनीस्थित कर्रा खोलाको नागदहमा डुबेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा सोही ठाउँ फारलायन बस्ने १७ वर्षीय साहिल लामा, १२ वर्षीय कारसाङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तान रहेका छन् ।

उक्त नागदहमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सानोपोखरा, बागमती प्रदेश प्रहरी कार्यालय र शसस्त्र प्रहरी बल नेपाल समेतबाट खटिएको टोलीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्