जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



मोरङ । जबरजस्त िकरणी गरेको अभियोगमा एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका–७ हाटखोला बस्ने ४४ वर्षीय अजय तिवारी रहेको प्रहरीले जनाएको छ । हिजो (शुक्रबार) दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।

तिवारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्