आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ



अर्घाखाँची । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा अभियुक्तलाई प्रहरीले पक्राउ परेको छ । हिजो (शुक्रबार) दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।

५० वर्षीया आफ्नै श्रीमती मनकला भुषालको हत्या गरेको अभियोगमा सितगंगा नगरपालिका–३ खसर्काका ५४ वर्षीय पिताम्बर भुषाललाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्