१ थान भरुवा बन्दुक, बारुद र छर्रासहित एक जना पक्राउ



कपिलवस्तु । अवैध हातहतियार सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (शुक्रबार) साँझ उनलाई १ थान एकनाले भरुवा बन्दुक, १ सय ग्राम बारुद र ५ थान छर्रासहित प्रहरीले पक्राउ गरेको हो ।

शिवराज नगरपालिका–३ बलुहवाबाट २७ वर्षीय प्रेम थारुलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले प्रेमलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्