परराष्ट्र सचिव पौड्याल र विभिन्न देशका विदेशमन्त्रीबीच भेटवार्ता



काठमाडौं ।

संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका परराष्ट्र सचिव भरत राज पौड्याल र विभिन्न देशका विदेशमन्त्री बीच भेटवार्ता भएको छ ।

परराष्ट्र सचिव पौड्यालले बिहीबार माल्दिभ्सका विदेशमन्त्री एचई अब्दुल्ला साहिद र निकारागुआका विदेशमन्त्री डेनिस मोन्काडा कोलिन्द्रेससँग द्विपक्षीय भेटवार्ता गरेको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।

भेटमा दुई पक्षबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा पारस्परिक हित र सहयोगका विविध विषयमा छलफल भएको थियो । बिहीबार नै परराष्ट्र सचिव पौड्यालले अतिकम विकसित राष्ट्र र भूपेरिवेष्ठित विकासोन्मुख राष्ट्रको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्