धनगढीको भाटभटेनीसहित दुई होटललाई जरिमाना


धनगढी । धनगढीको भाटभटेनी सुपर मार्केटलाई दुई लाख रुपियाँ जरिमाना गरिएको छ । भाटभटेनी सुपर मार्केटले सञ्चालन गर्दै आएको पेपे पिजा रेष्टुरेन्टले बजार मूल्य भन्दा झण्डै दोब्बर शुल्क लिएको भन्दै वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयले जरिमाना गरेको हो ।

वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयका सूचना अधिकारी ललित पन्तले मंगलबार गरिएको अनुगमनका क्रममा ग्राहकहरुबाट पेय पदार्थ र पानीमा बजार मूल्यभन्दा बढि लिएको पाइएपछि भाटभटेनी सुपर मार्केटलाई दुई लाख रुपियाँ जरिमाना गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार धनगढीकै जलशा होटल र रोस्यो घर हस्पिटालीटीलाई पनि दुई/दुई लाख जरिमाना गरिएको छ ।

उनीहरुले पनि पानी र पेय पदार्थमा बढि मूल्य लिएको पाइएपछि जरिमाना गरिएको वाणिज्य तथा आपूर्ति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।