कांग्रेस घोषणा पत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री परियार


काठमाडौं । नेपाली कांग्रेसले घोषणा पत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियारलाई तोकेको छ । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उक्त समितिको प्रवक्तामा परियारलाई तोकेको हो ।

आज (बिहीबार) बसेको प्रथम बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरेबमोजिम पार्टीका सहमहामन्त्री जीवन परियारलाई घोषणा पत्र तयारी समितिको प्रवक्ता तोकिएको कांग्रेसले जानकारी दिएको छ ।

कांग्रेसले कुनै पनि सञ्चार माध्यमका पत्रकारहरुलाई आवश्यक सूचना एवं विविध विषयमा क्रमशः तय हुने अवधारणाका लागि परियारलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।