काभ्रेपलाञ्चोक जिल्लाको अन्तिम मतदाता सूची सार्वजनिक



– ३ लाख १० हजार ६३ मतदाता योग्य
– एउटा मतदान स्थल र ८ वटा केन्द्र थपिए

काभ्रे  ।

निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आगामी मसिंर ४ गतेका लागि १९० वटा मतदान स्थलमा रहेका ३ सय ८९ मतदान केन्द्रबाट ३ लाख १० हजार ६३ मतदाताले मतदान गर्ने भएका छन् । जसमा १ लाख ५७ हजार ९ सय ४७ पुरुष, १ लाख ५२ हजार १ सय १४ महिला र २ अन्य मतदाता रहेका छन् ।

जिल्लामा एउटा मतदान स्थल थप भएको छ । प्रतिनिध सभा निर्वाचन क्षेत्र नम्वर १ अन्र्तगत प्रदेश सभा २ को धार्ने ज्योती माविमा एउटा मतदान स्थल थप भएको जिल्ला निर्वाचन कार्यालय काभ्रेका जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनु भयो । उक्त केन्द्रमा ३ सय ३२ पुरुष र २ सय ५९ महिला गरी ५ सय ९१ मतदाता छन् । उक्त केन्द्र नहुँदा घण्टौ टाढा देविस्थान आधारभुत मावि दयागाउँमा मतदाताहरु पुग्नु पर्ने बाध्यता थियो । उक्त केन्द्रमा ५ सय ३२ पुरुष र ४ सय २१ महिला गरी ९ सय ५३ मतदाता छन् । जिल्ला स्थित राजनीतिक दलहरुको संयुक्त सर्वसम्वत निर्णयका आधारमा निर्वाचन आयोगले एउटा मतदान स्थल थप गरेको हो । मतदाताको संख्या बढे पछि स्थानीय तहको निर्वाचनमा कायम भएका ३ सय ८१ वटा मतदान केन्द्रबाट थप भएर ३ सय ८९ पुगेका छन् । ८ वटा मतदान केन्द्र र एउटा मतदान स्थल थप भएको जिल्ला निर्वाचन अधिकारी राईले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा कुल मतदाता १ लाख ५२ हजार ६ सय ९९ रहेका छन् । जसमा ७८ हजार ८ सय १६ पुरुष र ७३ हजार ८ सय ८२ महिला अन्य १ मतदाता रहेका छन् । १ सय ९५ वटा मतदान केन्द्रबाट मतदाताहरुले मतदान गर्नेछन् । सोहि क्षेत्रको प्रदेश सभा १ मा ४० हजार १ सय १ पुरुष, ३६ हजार ४ सय ५२ महिला गरी ७६ हजार ५ सय ५३ मतदाता रहेका छन् । जसमा ९४ वटा मतदान केन्द्र रहेका छन् । प्रदेश सभा २ मा ३८ हजार ७ सय १५ पुरुष र ३७ हजार ४ सय ३० महिला गरी ७६ हजार १ सय ४६ मतदाता रहेका छन् ।

जसमा ९५ वटा मतदान केन्द्र रहेका छन् ।प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा ७९ हजार १ सय ७४ पुरुष र ७८ हजार २ सय ६७ महिला गरी १ लाख ५७ हजार ४ सय ४२ मतदाता रहेका छन् । सोहि क्षेत्रमा २ सय वटा मतदान केन्द्र रहेका छन् । प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेश सभा १ मा ३९ हजार २ सय ५८ पुरुष, ३७ हजार ८ सय ५० महिला र अन्य १ गरी ७७ हजार १ सय ९ जना मतदाता रहेका छन् । प्रदेश सभा २ मा ३९ हजार ९ सय १६ पुरुष र ४० हजार ४ सय १७ महिला गरी ८० हजार ३ सय ३३ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्