कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ


धनगढी ।

कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका ५ अण्डैयामा बिहीवार बिहान श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको हो । यस्तै कुटपिटबाट दुई छोराछोरी पनि घाइते भएका छन् ।

मृतकका श्रीमान् शेरबहादुर नाम्जाली मगरले श्रीमती ललिता नाम्जाली मगरलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा १७ वर्षीया छोरी लक्ष्मी नाम्जाली मगर र १२ वर्षका छोरा विजय नाम्जाली मगर घाइते भएका छन् ।

घाइते लक्ष्मीलाईलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ । विजयलाई सामान्य चोटपटक लागेको छ । ललितामाथि धारिलो हतियार प्रहार गरिएको बताइएको छ । घटनापछि शेरबहादुर फरार भएका थिए । तर ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले शेरबहादुरलाई आफ्नी श्रीमतीको हत्या आरोपमा पक्राउ गरेको छ ।

फरार रहेका उनलाई सोही गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कैलालीका डिएसपी वेद जोशीले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।