कैलालीमा २ जना मृत फेला



धनगढी ।

धनगढीमा एक जना मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिकास्थित जिल्ला कारागार कार्यलय कैलाली पछाडि कञ्चनपुरको कृष्णनगरपालिका ८ का ७४ वर्षीय धनसिंह जेठारा मृत भेटिएका हुन् ।

प्रहरीकाअनुसार आज बिहान उनको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले छोरीको घर आएका वृद्ध मृत भेटिएको बताए । उनका अनुसार ती वृद्ध मंगलबार साँझ बाहिर निस्किएका थिए ।

अबेरसम्म नफर्किएपछि खोजी गर्दै जादा बुधबार बिहान मृत भेटिएको जोशीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै कैलालीमै एक युवक पनि मृत फेला परेका छन् । गोदावरी नगरपालिका–१२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएको प्रहरीले जनाएको छ । बडेला बुधबार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएको र अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्