‘डेंगुलाई नियन्त्रण गर्न सरकार प्रयासरत्’



काठमाडौं । 

प्रधानमन्त्री शेरबहादुर देउवाले हाल देखा परेको डेंगु रोगको महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभयो ।

काठमाडौंमा मंगलबार आयोजित नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘कोरोना महामारीबाट पूर्ण मुक्त हुन नपाउँदै एकपछि अर्को महामारीको सामना गर्नुपर्दा हाम्रो समग्र जनजीविका सामाजिक र आर्थिक जीवन नराम्रोसँग प्रभावित भइरहेको छ । सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरूको विस्तार र सुदृढीकरण गरी हाल देखा परेको महामारी नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ ।’

उहाँले सबैको समन्वयबाट कोरोना संक्रमण र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।संघले नेपालको समग्र स्वास्थ्य प्रणालीलाई विश्वसामु प्रतिस्पर्धात्मक रूपमा अगाडि बढाउन आवश्यक ठोस रणनीतिमूलक कार्ययोजना तर्जुमा गर्न सहजीकरण होस् भनेर सम्मेलन आयोजना गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्