वर्षायाममा सुख्खा पहिरो खस्दा सडक अवरोध



रोल्पा । वर्षायाममा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

आज (मंगलबार) केहीबेर पहिले त्रिवेणी गाउँपालिका–२ भाङ्गोबारीस्थित उक्त पहिरो खस्दा सडक अवरोध भएको हो ।

दाङको घोराहीबाट पूर्वी रुकुम जाने शहिदमार्गमा मंगलबार दिउँसो सुख्खा पहिरो झर्दा सडक अवरोध भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी नुवागाउँबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्