४ लाख रूपियाँ बराबरको घरयासी प्रयोजनका विभिन्न सामाग्री चोरी



भक्तपुर । चार लाख रुपियाँ बराबरको घरयासी प्रयोजनका लागि प्रयोग हुने विभिन्न सामाग्री चोरी भएको छ ।

जिल्लाको मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीस्थित काभ्रे भुम्लु गाउँपालिका–२ घर भएका ४५ वर्र्षीय ईन्द्र कुमार प्रसाईको निर्माणाधीन घरबाट करिब ४ लाख रूपैयाँ मूल्य बराबरका धाराका फिटिङहरु र धाराहरु गएराति चोरी भएको प्रहरीले जनाएको छ ।

घरको भण्डार कोठाको ताला फुटाई उक्त धाराहरू चोरी भएको हो । चोरीको घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्नहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्