जंगली मृगको चोरी सिकार गर्ने एक जना पक्राउ, दुई जना फरार



नवलपरासी पश्चिम । जंगली मृग (हरिण)को चोरी सिकारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज (मंगलबार) बिहान सुस्ता गाउँपालिका–४ गोकुलनगर बस्ने ४३ वर्षीय मैनुदिन मुसलवानलाई मृग (हरिण) मारेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

अवैध रूपमा पोथी जातको मृग मारेर ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी नर्सहीबाट खटिएको गस्तीले सुस्ता गाउँपालिका–४ तेह्र नम्बर ठोक्करमा मृत मृगसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हाल फरार रहेका अन्य दुई जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्