नक्कली नोटसहित एक जना पक्राउ


काठमाडौं । नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (मंगलबार) दिउँसो सुनसरी देवानगञ्ज गाउँपालिका–६ बस्ने २६ वर्षीय भोगान्द मेहेतालाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोटसहित मेहेतालाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ९७५६ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मेहेतालाई ज्याकेटको खल्तीमा लुकाई ल्याएको उक्त नोटसहित पक्राउ गरेको छ ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।