जबरजस्ती र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं । जबरजस्ती र सामूहिक करणी मुद्दाका फरार प्रतिवादीलाई पहरीले पक्राउ गरेको छ । आज (मंगलबार) उनलाई प्रहरीले प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका–३ बस्ने ४३ वर्षीय अर्जुन कार्की रहेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी २०६४ पुस ५ गते साँझ नाबालिकालाई जबरजस्ती र सामूहिक करणी गरेको कार्कीमाथि आरोप छ ।

जिल्ला अदालत ललितपुरको २०६५ फागुन ४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष र सामूहिक करणी मुद्दामा थप ५ वर्ष कैद

सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।

कार्कीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत नुवाकोटमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नुवाकोट पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्