बास्केटबल टोली सर्बिया जाने



काठमाडौं । 

सर्बियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ वल्र्ड स्कुल बास्केटबल च्याम्पियनसिप २०२२ मा सहभागी हुन नेपाली बास्केटबल टोली त्यस तर्फ प्रस्थान गर्ने भएको छ ।

नेपाली टोलीलाई आईतबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरे । बिदाइ कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले अध्ययनका साथ साथै खेललाई पनि अगाडि बढाइरहेकोमा खेलाडीप्रति कृतज्ञ हुँदै स्कुल र कलेजमा खेलकुदको पूर्वाधार निर्माणमा जोड दिनुपर्ने र आफू त्यसका लागि लागि पर्ने बताए ।

प्रतियोगितामा उत्कृष्टताका लागि वैदेशिक भ्रमण फलदायी हुने भन्दै विभिन्न देशका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दा नेपाली खेलाडीहरूको क्षमतामा वृद्धि हुनेमा आफू विश्वस्त रहेको बताए ।जनार्जन ढुंगेलको नेतृत्वमा च्याम्पियनसिपमा सहभागी हुने जाने टोलीको टिम प्रशिक्षकमा सदिश प्रधान रहेका छन् । यस्तै, खेलाडीहरूमा सामराज श्रेष्ठ, प्रथम श्रेष्ठ, आशिप महर्जन, शिवम् श्रेष्ठ, कोनोर गुरुङ्ग, बेनभ श्रेष्ठ दुवाल, उन्ज्वल धौगोडा, प्रणय बासी, सुजल बलय श्रेष्ठ, सुजार राजकर्णिकार र अविग्न श्रेष्ठ रहेका छन् ।

अफिसियलमा भुपेन्द्र शमसेर कुँवर, मधु ढुंगेल र ममता बस्नेत रहेका छन् । प्रतियोगिता सेप्टेम्बर २० देखि २८, २०२२ मा हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्