संविधान दिवस समारोहमा पत्रकारलाई प्रवेशमा रोक



काठमाडौं ।

काठमाडौंको टुडिखेलस्थित संविधान दिवस बिशेष कार्यक्रम गरी मनाइदै छ । सोमबार संविधान दिवसको रिपोर्टिङ गर्न गएका पत्रकारलाई सरकारले प्रबेशमा रोक लगाएको छ ।

टुँडिखेलस्थित दिवस मूल समारोहको विशेष कार्यक्रमको रिपोर्टिङ गर्न, फोटो-भिडिओ खिच्न गएका पत्रकारलाई साेही क्षेत्रमा खटिएका प्रहरीले रोकेका छन् ।

सरकारी मिडियाकालाई छिर्न दिएपनि निजीलाई बाहिरै रोकिएको एक पत्रकारले जानकारी दिए । गृहमन्त्रालयलाई जिम्मा दिएको भन्दै सैनिक जवानहरूले पत्रकारलाई गेटमै रोकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्