समानुपातिक उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक



bnsf] a}7sdf g]tfx? sf7df8f}F, % r}t M k|wfgdGqL lgjf; afn’jf6f/df cfh ePsf] g]skf -Pdfn]_ sf] ;+;bLo bnsf] a}7sdf bnsf g]tf Pj+ k|wfgdGqL s]kL zdf{ cf]nL / cGo g]tfx? t:jL/ ;f} M k|wfgdGqLsf] ;lrjfno, /f;;

काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली टुंग्याउने छ ।

एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे जानकारी गराइएको अब टुंग्याइने बताए ।

संघीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवार टुंग्याउनुपर्नेछ । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबार आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ ।

प्रतिक्रिया दिनुहोस्