पहिलो हाफमा भारतविरुद्ध नेपालको अग्रता



काठमाडौं ।

काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो हाफमा नेपालले भारतविरुद्ध १–० गोलअन्तरको अग्रता बनाएको छ ।

नेपाली समर्थकले भरिभराउ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पहिलो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङको गोलबाट अग्रता लिएको थियो । प्रीति राईले १८ यार्ड बक्सको बायाँ साइडबाट निकालेको पासमा रश्मीकुमारी घिसिङले गोल गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्