साइकलको ठक्करबाट बालिकाको मृत्यु



रौतहट ।

राजदेबी नगरपालिका–५ हजमिनिया पताहीमा साइकलको ठक्करबाट एक जना १० वर्षे बालिकाको मृत्यु भएको छ । सोही नगरपालिका–४ गढैया बस्ने १० वर्षीय सन्तोष साहले चलाएको साइकलको ठक्करबाट सोही नगरपालिका–६ मासटोल बस्ने अञ्जली कुमारी रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान साइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको एएलएस न्यूरो अस्पताल पर्वानीपुर बारामा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । हाल फरार साइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्