कांग्रेस नेता विजयराज घिमिरेको निधन



काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवं पाल्पाका कांग्रेस नेता विजयराज घिमिरेको निधन भएको छ ।

लामो समयदेखि क्यान्सरबाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटि अस्पतालमा गएराति ८ः१५ बजे निधन भएको हो ।उनको आजै अपराह्न १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने नेपाली कांग्रेसका केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

२०५६ मा पहिलो पटक प्रतिनिधिसभामा उम्मेदवार भएका घिमिरे ०७४ सालको निर्वाचनमा उम्मेदवार थिए । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्