संसदीय सुनुवाइका लागि तीन प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान


काठमाडौं ।

सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस तीन जनाविरुद्ध संसदीय सुनुवाइका लागि उजुरी आह्वान भएको छ ।

संसदीय सुनुवाइ समितिले सार्वजनिक सूचना जारी गरेर न्यायाधीशमा सिफारिस नीता गौतम दीक्षित, विनोद शर्मा र दिननाथ पराजुलीविरुद्ध सात दिनभित्र उजुरी दिन भनेको हो ।

न्यायपरिषद्को‍ २१ भदौको बैठकले दुई जना उच्च अदालतका मुख्य न्यायाधीश र एक जना अधिवक्तालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले सिफारिस गरिएकाहरूलाई ‘न्यायाधीशमा नियुक्ति गर्नु ठिक छैन भन्ने कसैलाई लागेमा कार्यालय समयभित्र ७ असोजभित्र उजुर दिन’ भनेको छ ।

न्यायपरिषद्‍ले गरेको सिफारिस संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट न्यायाधीश नियुक्त हुने प्रावधान छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।