सडकमै १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार



मुगु । मुगुमा १६ वर्षीया बालिकामाथि ३ जना युवाले सामूहिक बलात्कार गरेका छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका १३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर ती युवाले उनीमाथि सामूहिक बलात्कार गरेका हुन् ।

पीडितको उजुरीका आधारमा बलात्कार आरोपमा छायाँनाथ रारा नगरपालिका ४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका ३ रखुका स्थायी घर भई हाल छायाँनाथ रारा नगरपालिका १४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशीलाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेको छ ।

एक आरोपी १३ वर्षीय बालकलाई भने कानुनअनुसार संरक्षकको जिम्मामा छाडेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

उनका अनुसार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा राखी विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्