ट्राफिक नियम उल्ल‌घन गर्ने १८२ चालक कारबाहीमा


काठमाडौं । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तर्गत मंगलबार १८ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मंगलबार बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १८ जना विद्यार्थी चालकहरु कारबाहीमा परेका हुन् ।

त्यस्तै, चेकिङको क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १ ८२ सवारीसाधनका चालक पनि कारबाहीमा परेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

जसअन्तर्गत बिहानै मापसे गरी मोटरसाइकल चलाउने तीनजना पनि कारबाहीमा परेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।